बर्थिङ सेन्टर सञ्चालन : सुत्केरी गराउने बढ्दै

जिल्लामा रहेका ५२ स्वास्थ्य संस्थाले ‘बर्थिङ सेन्टर’सञ्चालनमा ल्याएपछि सुत्केरी गराउनेको सङ्ख्या बढ्दै गएको छ।

सुत्केरी गराउनेको सङ्ख्या ७३ प्रतिशतले वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख रमेश मलासीका अनुसार मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको छ।

‘बर्थिङ सेन्टरमा सुत्केरी गराउन थालेपछि मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको छ,’ उनले भने, ‘यो आफँैमा राम्रो पक्ष हो।’

बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउने महिलाको सङ्ख्या महिनैपिच्छै बढ्दै जान थालेको तथ्याङ्ले देखाएको छ।

जिल्लाको विकट क्षेत्रमा पर्ने घागल तथा बोगटान क्षेत्रका स्थानीय महिलाले पनि स्थानीयस्तरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित सुत्केरी हुन थालेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए।

प्रसूति सेवा शुरु गर्नुभन्दा पनि स्वास्थ्य संस्थामा पूर्वाधारको विकास हुनु जरुरी रहेको शिखर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक हरिष शाहको भनाइ छ। ५२ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको छन् । 

प्रकाशित मिति: : 2020-03-01 00:58:07

प्रतिकृया दिनुहोस्