चीनकाे उहानमा बक्सिङ खेल्नु पर्ने नेपाली खेलाडी काेराेना भाइरसका कारण जाेर्डन उडे

टोकिया ओलम्पिक– २०२० अन्तर्गत एसिया–ओसिनिया क्षेत्रको छनोट  चीनकाे उहानमा हुने तय थियाे। तर, चीनमा नयाँ वर्षकाे आगमनसँगै काेराेना भाइरसका प्रकाेप यही शहरबाट देखिएपछि विश्व बक्सिङ महास‌ंघले खेल रद्ध गर्दै यसलाई जाेर्डनमा आयाेजना गर्ने नयाँ कार्य तालिका निकाल्याे।

यही प्रतियोगितामा सहभागी हुन २ नेपाली खेलाडीसहित ४ सदस्यीय टोली शनिबार जोर्डनको अमानतर्फ प्रस्थान गरेको छ। छनाेट मार्च ३ देखि ११ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६३ केजीमा सुनिल शाही तथा महिला ५७ केजीमा मिनु गुरुङले चुनौति प्रस्तुत गर्ने छन्। दुबै १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी हुन्। प्रशिक्षकमा बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगर तथा विदेशी प्रशिक्षक अलिशेर राखिमोभ रहेका छन्।
यसअघि उक्त छनोट फेब्रुअरी ३ देखि १४ तारिखसम्म चीनको उहानमा हुने भनिएको थियो। तर कोरोना भाइरसका कारण प्रतियोगिता रद्ध गरियाे।
 

प्रकाशित मिति: : 2020-03-01 07:33:33

प्रतिकृया दिनुहोस्