चलचित्र ‘सुर्यवंशी’को ट्रेलर सार्वजनिक

बलिउडको प्रतिक्षित चलचित्र ‘सुर्यवंशी’को ट्रेलर सार्वजनिक भएको छ।  ४ मिनेट लामो ट्रेलरमा एक्सन, कमेडी तथा पारिवारिक पीडाको कुरालाई पनि स्थान दिइएको छ।

रोहित शेठ्ठीको निर्देशन रहेको फिल्म अक्षय कुमार सुर्यवंशीको भूमिकामा छन्। ट्रेलरको मुख्य आकर्षण नायक अक्षय कुमारका साथै अजय देवगण,रणवीर सिंह र चलचित्रकी नायिका कट्रिना कैफ रहेका छन्।

रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रले मुम्बईमा भएको आतकंवादी हमला र एक प्रहरी अफिसरको ड्युटीलाई प्रस्तुत गरेको छ।

 ‘रिलायन्स इन्टरटेन्टमेन्ट’, ‘रोहित सेट्टी पिक्चर्स’ले निर्माण गरेको चलचित्रमा ‘धर्मा प्रोडक्सन’ र ‘क्याप अफ गुड फिल्मस्’ले पनि निर्माणमा सहकार्य गरेका छन्। चलचित्रले मार्च २४ लाई रिलिज मिति पक्का गरेको छ।

प्रकाशित मिति: : 2020-03-03 03:47:40

प्रतिकृया दिनुहोस्