नायिका करिश्मा मानन्धरले यस वर्षको फागू पूर्णिमा अर्थात होली नमनाउने भएकी छिन् ।
करिश्माले यस वर्ष कोरोनाका कारण होलीको कार्यक्रम स्थगित गरेकी हुन्।
सामाजिक संजालमा उनले लेखेकी छन्– गत वर्ष एइईका कारण होलीको कार्यक्रम स्थगित गरेको थिए। यो वर्ष कोरोना भाइरसका कारण रोक्नु पर्दा दुखी भइरहेको छु।’
उनले विगतका वर्षहरुमा कलाकारलाई विशेष निम्तो नै दिएर रंगहरुको पर्व होली घरमै धुमधामसाथ मनाउने गरेकी थिइन्।
तर, यस वर्ष उनले होलीका लागि छुट्याएको रकम वरिष्ठ कलाकार तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष स्व केशव भट्टराईको परिवारलाई सहयोग गरेकी छिन्।
उनले एक लाख रुपैयाँ प्रदान गरेको संचारकर्मी प्रकाश सुवेदीले बिएल नेपाली सेवालाई जानकारी दिए।