'कुडा कर्णालीका' काे दाेस्राे दिन छ सेसनमा कुडा हुँदै

कर्णाली उत्सव 'कुडा कर्णालीका' मा मंगलबार छ वटा सेसनमा छफलफ हुँदैछ भने एक सेसन कविताकाे हुनेछ।

उत्सवकाे दाेस्राे दिनलाई 'कर्णाली काेट्याउँ' विषयमा दिनभर बहस हुने आयाेजक संस्था ऋति फाउन्डेसनले जनाएको छ। छ वटा सेसन गरि २३ जना लेखक, पत्रकार तथा बुद्धिजीवीहरु बीच बहस हुने, उत्सव आयाेजक समितिका संयाेजक कमल लम्सालले जानकारी दिए। 

दाेस्राे दिन ११ देखि १२ बजेसम्म 'रंग' नामक सत्र संचालन हुँदै छ। जसमा रंगकर्मीहरु माया थापा, मीन भाम र गणेशभक्त गौतमले बहस गर्नेछन् भने उक्त सेनसकाे संचालन सञ्चालक: प्रकाश लामिछानेले गर्नेछन्।  

त्यस्तै दिउसो १२ देखि १ जबसम्म 'कर्णाली क्यानम घुमेर हेर्दा' सत्र संचालन हुनेछ। जसका कर्णाली घुमेरकाहरुकाे अनुभुतीबारेकाे बहस हुनेछ। उक्त सत्रमा मोहन मैनाली, अमरबहादुर शाही र अस्मिता थापाले बहस गर्नेछन् भने संचालन दामोदर न्यौपानेले गर्नेछन्। 

त्यस्तै दिउसो १ देखि २ बजेसम्म 'प्रश्न किन गर्ने ?' सेसन संचालन हुनेछ। जसमा हरि शर्मा, शिव गाउँले र सरिता तिवारी तिवारीले बहस गर्दैछन् भने संचालन दिलभुषण पाठकले गर्नेछन्। 
 
दिउसाे २ देखि ३ बजेसम्म 'सिमान्त स्वर' नामक सत्र हुनेछ। जसमा मोहम्मदी सिद्धिकी र दुर्गा शोबले बहस गर्नेछन् भने संचालन चन्द्रकिशोर झाले गर्नेछन्।

त्यस्तै अपरान्ह ३ देखि ४ बजेसम्म बहुप्रतिक्षित सत्र 'दबाई र देउता, भोक र भकारी' संचालन हुँदैछ। जसमा डा. अरुणा उप्रेती, डा. राजेन्द्रराज वाग्ले र  डा. कृष्णप्रसाद पौडेलले बहस गर्दैछन् भने संचालन केशव ढकालले गर्नेछन्।

दाेस्राे दिनकाे अन्तिम सत्र 'कर्णालीका कथा' रहेकाे छ। जसमा श्यामल, रमेश क्षितिज र उषा हमालले बहस गर्नेछन् भने संचालन बिमल आचार्यले गर्नेछन्। 

अन्तिमा पहल असिमले कविता साँझ संचालन गरेपछि दाेस्राे दिनका सम्पूर्ण कार्यक्रम सकिने अायेजकले जनाएको छ। कर्णालीमा पहिलाे पटक भएकाे बाैद्धिक छलफलले सबैलाई उत्साहित बनाएकाे लम्सालले बताए।

प्रकाशित मिति: : 2020-03-04 00:35:30

प्रतिकृया दिनुहोस्