आईसीसी टी-२० वरियता : नेपाल ३ स्थान खस्कियो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरियतामा नेपाल तीन स्थान तल खस्केको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले निकालेको वरियतामा अब नेपाल १५ स्थानमा पुगेको छ । यसअघि नेपाल ३ स्थान माथि १२ नम्बरमा थियो ।

पछिल्ला खेलहरुमा लगातार खराब प्रदर्शन गरेको नेपालको स्तर खस्किएको हो । नेपाललाई १८५ रेटिङ पोइन्ट रहेको छ ।

आइसिसीको नयाँ वरियतामा २७० रेटिङ पोइन्ट्ससँगै पाकिस्तान शीर्ष स्थानमा छ । अस्ट्रेलिया, इङ्ल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्युजील्याण्ड, अफगानिस्तान, श्रीलंका ,बङ्गलादेश तथा वेस्ट इण्डिज क्रमशः दोस्रो देखि १० औं स्थानसम्म छन् ।

११ औं स्थानमा जिम्बाम्बे छ।

एसोसियट राष्ट्रमा नेपालभन्दा अगाडि स्कटल्यान्ड १२ तथा संयुक्त अरब इमिरेट्स १४ औं स्थानमा छन् । स्कटल्यान्डले १८७ रेटिङ पोइन्ट पाएको छ भने युएइले १८६ रेटिङ पोइन्ट पाएको छ ।

एक दिवसीय वरियातामा नेपालको स्थान १६ नम्बरमा छ । नेपालले एक दिवसीयमा २० रेटिङ पोइन्ट्स पाएको छ ।

प्रकाशित मिति: : 2020-03-04 03:59:33

प्रतिकृया दिनुहोस्