सिक्का छाप्न नसकिने देशमा सेक्युरिटी प्रिन्टिङ!

भएका मेसिन पनि सुनधारामा अलपत्र अवस्थामा

नेपाल लाइभ

काठमाडौं

अरुण सापकोटा

सरकारले प्रचलित सिक्का छाप्न १० वर्ष अगाडिदेखि योजना बनाए पनि अहिलेसम्म काम गर्न सकेको छैन। २०६७ सालतिर नेपाल राष्ट्र बैंकले सर्कुलेसन क्वाइन नेपालमै छाप्ने भनेर केही मेसिन ल्यायो। तर पुरा मेसिन आउन नसक्दा सर्कुलेसन क्वाइन छाप्न नसकेको नेपाल राष्ट्र बैंक टक्सार विभाग प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। 

राष्ट्र बैंकले सिक्का छाप्न ल्याएका ती मेसिन अहिले सुनधारामा अलपत्र अवस्थामा छन्। करिब ५० वटा काम लाग्ने र कामै नलाग्ने २३ वटा मेसिन अहिले खुला आकासमुनि असुरक्षित अवस्थामा छन्। पानी पर्दा भिजेर बिग्रने अवस्थामा रहेका तिनलाई अझै पनि सुरक्षित स्थानमा स्थानान्तरण गर्ने सुरसार छैन। 

प्रकाशित मिति: : 2020-03-04 05:04:34

प्रतिकृया दिनुहोस्