प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्। 

भान्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको शल्यक्रियामा संलग्न एक चिकित्सकले बताए। 

‘प्रधानमन्त्रीको शरीरमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको छ’, ती चिकित्सकले भने, ‘नयाँ मिर्गौलाले काम गर्न थालेको छ।’ उनका अनुसार प्रधानमन्त्रीले एकपटक पिशाव पनि फेरेका छन्।

अहिले प्रधानमन्त्रीको काटिएको शरीरको घाउमा टाँका लगाउने काम भइरहेको छ।

प्रत्यारोपणपछिको करिब २ घण्टामा प्रधानमन्त्रीको होस् फर्किने छ। यसबारेमा अस्पतालले साढे चार बजे पत्रकार सम्मेल गरेर विस्तृत जानकारी गराउनेछ।
 

प्रकाशित मिति: : 2020-03-05 03:47:07

प्रतिकृया दिनुहोस्