फोरजीमा बदमासी : खरिद सम्झौतामा अमेरिकी एन्टेना, जडानमा चिनियाँ

अमेरिकी नपाएपछि केही चिनियाँ प्रयोग गरेका हौं-टेलिकम प्रबन्ध निर्देशक

उत्तम काप्री

फोरजी बिस्तार सम्झौतामा नेपाल टेलिकमको टावरमा अमेरिकी एन्टेना राख्नुपर्ने सर्तविपरीत ठेकेदार कम्पनीले गुणस्तरहीन चिनियाँ  उपकरण जडान गरेको खुलेको छ।

ठेक्का पाएको कम्पनीले टेलिकमका अधिकारीहरूकै स्वीकृतिमा महंगो र गुणस्तरीय अमेरिकी एन्टेनाको साटो गुणस्तरहीन चिनिया एन्टेना प्रयोग गरेको हो। अमेरिकी उत्पादनको साटो चिनिया उत्पादन प्रयोग गरे पनि ठेक्का कबुल गर्दाको मूल्य भने जस्ताको त्यस्तै छ।

एक वर्षभित्र ७७ जिल्लामा फोरजी सेवा बिस्तार गर्ने लक्ष्यसहित टेलिकमले हङकङस्थित सिसिएसआई कम्पनी र कोर नेटवर्कको काम चिनियाँ कम्पनी जेडटिईलाई १९ अर्बको ठेक्का दिएको थियो।

टेलिकमले अहिले ७७ वटै जिल्लामा फोरजीको ‘सफ्ट लन्च’ गरिसकेको छ। झन्डै १९ अर्ब रुपैयाँ खर्चँदै फोरजी बिस्तार गरिरहेको टेलिकमले पूर्वाधारमा मात्रै करिब ८ अर्ब रुपैयाँ र बाँकी कामका लागि करिब ११ अर्ब रुपैयाँ खर्च गरिरहेको छ।

प्रकाशित मिति: : 2020-03-05 11:16:53

प्रतिकृया दिनुहोस्