डोटीमा जिप दुर्घटना हुँदा १४ घाइते

डोटीको पूर्वीचौकी गाउँपालिका–६, मेलगैरामा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक लालबहादुर ऐरले दुर्घटनाको पुष्टि गर्दै जिपमा सवार १४ जना नै घाइते भएको जानकारी दिए।

उनका अनाुसार बैतडीबाट बाजुरातर्फ गइरहेको से १ ज १६३ नं को जीप बिहीबार बिहान ३ः३० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका २ जनाको धनगढी र बाँकीको डोटी अस्पतालमा उपचार भइरहेको छ ।

अनियन्त्रित भई दुर्घटनामा परेको जिप सडकबाट करिब २ सय ५० मिटर तल खसेको छ ।

प्रकाशित मिति: : 2020-03-06 00:16:16

प्रतिकृया दिनुहोस्