बाराका विभिन्न तीन स्थानमा कोरोना भाइरस सम्बन्धी हेल्पडेस्क

बारा जिल्लाको विभिन्न तीन स्थानमा नोबेल कोरोना भाइरस सम्बन्धी हेल्पडेस्क स्थापना गरिएको छ। सशस्त्र प्रहरी बाराको संयोजनमा खुल्ला सीमाको कारण मित्रराष्ट्र भारतबाट सजिलैसँग आवागमन बढी हुने तीन स्थानमा हेल्पडेस्कको स्थापना गरिएको हो। 

कलैया उपमहानगरपालिका वडा नम्बर–१० स्थित मटिअर्वा, सिम्रौनगढ नगरपालिका वडा नम्बर–६ स्थित सतुही र सुवर्ण गाउपालिका वडा नम्बर–३ स्थित सन्तगंज कबहीगोठमा एकैपटक स्वास्थ्यकर्मी सहितको हेल्पडेस्क स्थापना गरिएको बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बताए। 

जिल्लाको प्रमुख नाका मटिअर्वास्थित सशस्त्र प्रहरी बल, नेपाल बिओपि मटिअर्वाले आयोजना गरेको हेल्प डेस्कलाई बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले उद्घाटन गरेका छन्।

प्रकाशित मिति: : 2020-03-06 00:30:29

प्रतिकृया दिनुहोस्