होली र जात्रा नमनाउनू: ललितपुर प्रशासन

जिल्ला प्रशासन कार्यालय ललितपुरले महामारीका रूपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९बाट सावधानी अपनाउन अनुरोध गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बुधबार सूचना निकालेर होली नमनाउन तथा जात्रा, भोजभतेर, महोत्सवको आयोजना नगर्न अनुरोध गरेको हो।

‘नजिकिएको होली पर्वमा पानी तथा फोहोरा नखेल्न/नखेलाउन, विभिन्न कार्यक्रमको आयोजना गरी ठूलो संख्यामा मानिसको जमघट नगर्न/नगराउन, भोज/भतेर, जात्रा, महोत्सवको आयोजना नगर्नरनगराउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ विज्ञप्तिमा लेखिएको छ।

साथै निरन्तर रुघाखोकी, ज्वरोको संक्रमण, निरन्तर टाउको दुख्ने तथा घाँटीमा समस्या देखिएमा स्वास्थ्य परीक्षण गराउन पनि भनिएको छ।

प्रकाशित मिति: : 2020-03-06 04:37:08

प्रतिकृया दिनुहोस्