प्रधानमन्त्रीले नेपाली डाक्टरको इज्जत बढाइदिनुभोः डा. सुन्दरमणि दीक्षित

नेपालन्यूज

काठमाडाै‌ं

डा. सुन्दरमणि दीक्षित नेपालकै चर्चित वरिष्ठ फिजिसियन हुन्।
सामान्य चिकित्सामा एमडी गरेका उनी विभिन्न राजनीतिक, सामाजिकलगायत विषयवस्तुलाई नजिकबाट नियाल्दै त्यसमाथि खरो टिप्पणी राख्छन्। त्यसो त उनले नागरिक समाजका आन्दोलनमा पनि सक्रिय सहभागिता जनाउँदै आएका छन्।

बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक सफल मिर्गौला प्रत्यारोपण गरिएपछि डा. दीक्षितले खुसी व्यक्त गर्दै यसले एकदमै सकारात्मक सन्देश दिएको विचार व्यक्त गरेका छन्।

पछिल्लो समयमा सामान्य बिरामी हुँदा पनि विदेश गएर मुलुकको ढुकुटी रित्त्याउने नेताहरूको प्रवृत्ति जसरी इज्जत गुमेको थियो, त्यसलाई ओलीलाई फर्काइदिएको उनको अनुभव छ।

मुलुकभित्रै मिर्गौला प्रत्यारोपण गराउने प्रधानमन्त्रीको निर्णयको मुक्तकण्ठले प्रशंसा गर्दै वरिष्ठ चिकित्सक डा. दीक्षितले नेपालन्युजसँग आफ्ना विचार यसरी राखे:

प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक सफल मिर्गौला प्रत्यारोपण भएको छ, यसले एकदमै राम्रो सन्देश गएको छ।
नेपाली डाक्टर एवं नर्सको टिमले जटिल शल्यक्रियापश्चात् ओलीजीको मिर्गौला प्रत्यारोपण गरेको थियो, एक चिकित्सकको नाताले यो एकदमै गर्वको विषय हो मेरा लागि। यसले अन्य नेताहरूलाई पाठ सिकाएको छ।

अब अन्य नेताहरूलाई पनि प्रश्न तेर्सिएको छ–प्रधानमन्त्रीले यत्रो ठूलो शल्यक्रिया त शिक्षण अस्पतालमै गराउनुभयो, अब हामी चाहिँ कुन नाकमुख देखाएर सानो–सानो उपचारका लागि पनि बाहिर जाने?

प्रकाशित मिति: : 2020-03-06 05:50:14

प्रतिकृया दिनुहोस्