सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तीनवटै सरकारबीच समन्वय हुनु जरुरी रहेको बताएका छन्।
सङ्घीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा बिहीबार धनगढीमा आयोजित विकास र समृद्धिअन्तर्गत समन्वय विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले तीनवटै सरकारबीच समन्वय नहुँदा एक अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गरे।
मुख्यमन्त्री भट्टले तीनवटै तहका सरकारबीच समन्वय भए बजेट विनियोजनमा एकरुपता हुने बताए। उनले तीनवटै सरकारबीच समन्वय नहुँदा विकास निर्माणमा ढिलाइ भइरहेको बताउँदै भने, ‘‘सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव हुँदा एक अर्काबीच दोषारोण गर्ने प्रवृत्ति बढेको छ, यो प्रवृत्ति हटाउन समन्वयको गर्न जरुरी छ।’
सङ्घीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले तीनवटै सरकारबीच समन्वय हुनु जरुरी रहेको बताए।