सारीमा यस्ताे देखिइन् मिस वर्ल्ड (फोटो फिचर)

बिएल संवाददाता

काठमाडाै‌ं

काेराेना भाइरसका कारण नेपाल पर्यटन वर्ष–२०२० स्थगित भएपनि ‘मिस वर्ल्ड’ टाेनी–एन सि‌ह नेपाल आएकी छन्। 

बिहीबार बिहान सवा १० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस वर्ल्ड प्रतियाेगिता आयोजनाकी अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससँग काठमाडाैं आइपुगेकी हुन्। गत जनवरीमा मिस नेपाल आयोजक हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वर्ल्ड विजेतालाई उसको २५ औं वार्षिकोत्सवमा निमन्त्रणा गरेको थियो । सोही निमन्त्रणा मान्न उनीहरु नेपाल आएका हुन् ।

नेपाल भ्रमणमा आएकी टोनीलाई एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले स्वागत गरेका थिए। साडीमा सजिएकी मिस वर्ल्डलाई मन्त्री भट्टराईसहितका अधिकारीले स्वागत गरे। 

टोनी नेपाल आउनुको मुख्य उद्येश्य मिस नेपाल वर्ल्ड–२०१९ अनुष्का श्रेष्ठ र मिस नेपाल वर्ल्ड–२०१८ श्रृंखला खतिवडाले बनाइरहेको प्रोजेक्ट अवलोकन गर्नु पनि हो। यसकाे लागि उनी शुक्रबार सिन्धुपाल्चोकको हेलम्बु पुग्ने तय भएको छ।

हेलम्बु पुगेर उनले त्यहाँ निर्माण भइरहेको हिमालय ग्रेट ट्रेल अवलोकन गर्नेछिन् । हेलम्बुकै सोल्सिङ गाउँमा अनुष्काले गरिरहेको प्रोजेक्‍ट पनि टोनीले हेर्नेछिन्।

त्यसपछि टोनी मकवनपुर पुग्ने तय भएको छ। पूर्व मिस नेपाल श्रृंखला खतिवडाले गरिरहेको प्रोजेक्ट अवलोकन गर्नको लागि उनी मकवनपुर जान लागेकी हुन्।

दुवै मिस नेपालले आफूले गरिरहेको प्रोजेक्टको भिडियो देखाएर मिस वर्ल्डमा ‘ब्युटी युथ पर्पोस’को टाइटल हात पारेका थिए । नेपालले अहिलेसम्म मिस वर्ल्डमा तीन पटक ‘ब्युटी युथ पर्पोस’को टाइटल जितिसकेको छ।

तस्बिरहरु : प्रेम गुरागाईंको फेसबुकबाट  

प्रकाशित मिति: : 2020-03-06 09:58:10

प्रतिकृया दिनुहोस्