चक्रव्यूहमा अर्थतन्त्र

कोरोना भाइरसको त्रासका कारण पर्यटक आवागमनमा कमी आएपछि सुनसान देखिएको सौराहाको राप्ती किनारका रेस्टुरेन्ट । तस्बिर : अनिल ढकाल

काठमाडौं : कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि नहुँदै मुलुकको अर्थतन्त्र चक्रव्यूहतर्फ धकेलिएको छ। यही रफ्तारमा कोरोना प्रकोप बढ्दै जाने हो भने चाँडै मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्ने चिन्ता सरकारी अधिकारीहरूको छ।

बिहीबार बिहानसम्म संसारका ८४ मुलुकमा संक्रमण फेला परेको छ। झन्डै ९६ हजारमा संक्रमण देखिएकोमा ५३ हजार ७ सय जनालाई निको भएको समाचार एजेन्सीहरूले जनाएका छन्। मृत्यु हुनेको संख्या तीन हजार ३ सय हाराहारीमा पुगेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिको मार्गप्रशस्त हुनै लागेका बेला बाह्य चुनौती सामना गर्नुपरेको बताएका छन्। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले कोरोनाका कारण मूल्यवृद्धिमा चाप पर्ने बताए। ‘हामीले कोरोनाको प्रभाव कम गर्न पर्यटनलगायत क्षेत्रमा बैंक ऋणको पुनर्तालिकीकरण र पुनर्संरचना गर्ने सुविधा दिएका छौं,’ उनले भने। राष्ट्र बैंकले तीन दिनअघि सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा यस्तो सुविधा दिने उल्लेख छ।

प्रकाशित मिति: : 2020-03-06 21:17:37

प्रतिकृया दिनुहोस्