राजदूत क्वात्राले भेटेरै दिए नेपाललाई जन्मदिनको शुभकामना

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राबीच शुक्रबार बिहान भेटवार्ता भएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई भेट्न भारतीय राजदूत क्वात्रा नेपाल निवास कोटेश्वर पुगेका थिए।

भेटमा दुई देशबीचको सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। भेटमा राजदूत क्वात्राले नेता नेपाललाई जन्मदिनको शुभकामना पनि दिएका थिए।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै भारतीय राजदूत राजनीतिक भेटघाटमा व्यस्त भएका छन्।

उनी नेपालका लागि भारतको राजदूत बनेर १८ फागुनमा काठमाडौं आएका थिए।

प्रकाशित मिति: : 2020-03-07 01:41:42

प्रतिकृया दिनुहोस्