छोरा नहुँदैमा के भयो र ?

मनिका झा

जनकपुरधाम :
बेंगाशिवपुरका कृष्णा यादवको दाहसंस्कार गरी फर्किंदै ९ वर्षीय छोरी रागिनी र सबैलाका रामनारायण यादवको शव घाटतर्फ लैजाँदै छोरीहरू । तस्बिर : मनिका झा

 छोरै किन चाहियो ? छोरी भए हुँदैन ? अझै धेरैले भन्छन्, ‘मर्दा कसले दागबत्ती दिन्छ ? कसले किरिया गर्छ ? ’ समय बदलियो। नयाँ पुस्ता बरु पुरानै सोचमा हुँदा मधेसका ज्येष्ठ महिला त्यो धारणा बदल्न कस्सिएका छन्। र, छोरीले अन्त्येष्टि गर्ने क्रम बढेको छ।

आउनुहोस्, ८० वर्षीया शीतलीदेवी साहको यस्तो ‘विद्रोह’ को सम्मान गरौं। जनकपुरधाम–७ जानकी नगरकी शीतलीदेवीका पति सय वर्षीय मुखिया साहको अघिल्लो शनिबार निधन भयो। तीन छोरीकी आमा शीतलीका आफन्त र समाज मुखामुख गर्न थाले, ‘मुखाग्नि कसले दिने ? ’

उनीहरूले आफूखुसी निर्णय गरे– भतिजाबाट अन्तिम संस्कार गराउने। तर, शीतलीले मानिनन्। हिम्मतसाथ भनिन्, ‘छोरीहरूले बुवालाई अन्तिम समयसम्म हेरचाह गरे। उनीहरूले दागबत्ती दिन्छन्। उनीहरूले किरिया गर्छन्।’

प्रकाशित मिति: : 2020-03-08 22:20:51

प्रतिकृया दिनुहोस्