युद्धतर्फ पनि महिला सैनिक अब्बल

चाँदनी हमाल

काठमाडौँ,

 २०४५ सालताका नर्वदा थापाले नर्सिङमा स्नातक सक्नुभयो । बुबा भारतीय सेनामा रहेकै कारण उहाँभित्र नेपाली सेनामा जाने उत्कट चाहना बढ्यो । सेनाको बहादुरीको कथा सानैदेखि सुन्दै, देख्दै आउनुभएको थियो तर देशभित्र युद्धरत सेनामा जाने अवसर थिएन ।
प्राविधिकबाटै भए पनि सेनामा प्रवेश गर्ने अवसर भने उहाँले चुकाउनुभएन । अन्य कसैले आवेदन नदिएपछि उहाँ एक मात्र महिला अधिकृतका रूपमा प्रवेश गर्दै सेनाको उच्च पद ब्रिगेडियर जनरल अर्थात् सहायक रथी सम्मको यात्रा तय गर्नुभयो । केटाको हुलमा एक्ली केटी बस्नुपर्दा कहिलेकाँही कमजोर महसुस हुन्थ्यो तर म पनि उही सरहको पदमा छु, के फरक छु र भनेर आँटिली बन्थे –उहाँले विगत सम्झनुभयो । त्यही हौसलाले उहाँ प्राविधिकमा महिलातर्फ पहिलो सहायक रथी बन्ने अवसर पाउनुभयो । नेपाली सेनामा महिला पुगेको यो नै हाल सम्मको उच्च पद हो । त्यसमाथि उपरथी, रथी हुँदै प्रधान सेनापतिको पद हुन्छ ।

प्रकाशित मिति: : 2020-03-08 22:30:04

प्रतिकृया दिनुहोस्