‘सहर बसेर समानता छ भन्नु आँखीझ्यालबाट संसार चियाउनुजस्तै हो’

नेपालन्यूज

काठमाडौं

आज ११०औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाँउदै गर्दा नेपाली कला क्षेत्रमा नारीको अस्तित्व, उपस्थिति र अवस्था कस्तो छ भन्ने प्रश्न पनि सान्दर्भिक हुन्छ।

१९७४ सालमा भोजपुरमा योगमायाले सुरु गरेको नारीवादी क्रान्तिको विम्ब शताब्दीपछि नेपाली कलाक्षेत्रमा देखिन्छ कि देखिँदैन भन्ने विषयले अर्थ राख्छ।

साहित्य र मनोरञ्जन क्षेत्रबाट समानतायुक्त समाज निर्माणमा नेपाली महिलाको देनलाई कम आँकलन गर्न त सकिन्न। २०३६-०३७ सालपछिको नारीवादी आन्दोलनका आयामहरूलाई केलाउने हो भने साहित्य, सङ्गीत अनि कलाक्षेत्रको भूमिका महत्त्वपूर्ण छ।

यति हुँदाहुँदै पनि पितृसतात्मक पुरुषवादी मनस्थितिमा जकडिएको समाजले सोचेजति रूप फेर्न भने सकेको छैन। २००४ सालमा चन्द्रकान्ता माथेमाले शिक्षाबिना महिला सशक्तिकरण सम्भव छैन भनेपछि सरकारी तहमा महिला विद्यालयको अवधारणा अघि सारिएको थियो। तर, आज आइपुग्दा भने सहरी परिवेशबाहिर नेपाली महिलाको अवस्था नाजुक देख्छिन्, अभिनेत्री लक्ष्मी बर्देवा।

प्रकाशित मिति: : 2020-03-08 22:37:43

प्रतिकृया दिनुहोस्