प्रत्येकका लागि समान

संसार चिनाउने, जीवन र ज्ञान दिने आमा। स्नेह दिने दिदीबहिनी, मायादिने जीवन संगिनी सबै नारी पात्र। नारीको माया, सम्मान, साथमा रम्ने पुरुष। व्यवस्थित समाजका लागि विभिन्न मूल्य मान्यता बने। पुरुष दृष्टिबाट बनेका मान्यता र संरचनाको प्रभावले पुरुषभन्दा महिलाको अवस्थालाई कमजोर तुल्यायो।

आमाहरु दिदीबहिनीको साथ, सहयोग सहभागिता विना उब्जिन सक्ने परिस्थितिको मूल्याकन त्रुटीपूर्ण रह्यो। जसले महिलाको समाजिक अस्तित्व, आर्थिक प्रगति र राजनीतिक सहभागिता कमजोर बनायो। नारीे स्वतन्त्रत हुन बन्चित भए। नारीको माया र स्नेहलाईृ कमजारी ठानियो। नारीले गर्ने सम्मान र सेवा बाध्यात्मक बनाइयो। धन, बल, लोभ, डरका आडमा नारीे शरिर यौन तृष्णा मेट्ने स्थल बनिरहे। बनिरहेका छन्।

पुरुषमात्र यसका जिम्मेवार हुन् भन्नु अन्याय हुन्छ। समाजसँगसँगै हामी सबै पक्ष यस किसिमका लैगिंक भेदभाव निरन्तरताको जिम्मेवार पक्ष हौं। अतः महिलाका भूमिकालाई कर्तव्य निर्वाहमा जिम्मेवार बनाइने सामाजिक सोचमा परिवर्तन जरुरी छ। जस्तै सामन्य देखिने र लाग्ने घरभित्रका काम, सन्तानको स्याहार सुसार, दाम्पत्यबीचको समान अस्तित्वलाई स्वीकार्ने व्यवहारले लैगिक भेदभाव अन्त्यका लागि सकारात्मक वातावरण बन्छ। 

हुँनतः शताब्दीदेखि नै महिला समनताका लागि अवाजहरु उठी नै रहेका छन्। राष्ट्रिय–अन्तर्राष्ट्रिय, सरकारी, गैरसरकारीस्तरबाट प्रयासहरु थालिएका छन्। समग्र समाज र महिलाको हितमा भएगरेका कार्यहरुको समीक्षा गर्दै भावी कार्यदिशा तय गर्न हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ।

यस वर्ष अर्थात् २०२० लाई थप महत्वका साथ लिइएको छ। पच्चीस वर्षअघि बेइजिङमा सम्पन्न अन्तर्राष्ट्रिय महिला सम्मेलनमा पारित कार्ययोजनापछि नै महिला समनताका क्षेत्रमा उल्लेख्य नीति, रणनीति बनेका हुन्। महिलाको आधारभूत अधिकार समान पहुँच र सहभागितालाई आधार मानेर ती नीतिहरु तय भएका थिए। तिनै सकारात्मक नीतिका कारण अहिले महिला नीति निर्माण, नेतृत्व तहको राजनीतिमा पुगेका छन्।

यद्यपि, अझै पनि देखिने तथ्य र तथ्यांकले महिला र पुरुषबीचको असमानताको खाडल पुरिन बाँकी देखाउँछ। जस्तैः विगत पच्चीस वर्षमा राजनीतिमा महिलाको सहभागिता दोब्वर संख्यामा बढेको छ। सन् २०१९ मा विश्वभरीमा संसद्मा प्रतिनिधित्व गर्ने महिलाको प्रतिशत २४ दशमलव ९ छ। तर यो संख्या चार पुरुष सहभागितामा एकमात्र महिला पर्छन्। अतः समान आर्थिक सम्बृद्धि समाजिक समुन्ती, सन्तुलित संस्कृति, समानतामूलक राजनीतिक पहुँचका लागि सबै क्षेत्रको संयुक्त प्रयास जरुरी छ।

सहयोगी भावनासहित हामी प्रत्येक व्यक्ति समनताका लागि उत्तिकै जिम्मेवार छौं। त्यो अर्थसँग वा समाजिक मुद्धा महिलासँग जोडिएका विषय हुन्। “इक्वोल फर एर्भीवन” अर्थात् ‘प्रत्येकका लागि समान” नारा दिएर हरेक वर्ष जस्तै आज अन्तर्राष्ट्रिय नारी दिवस संसारभरी मनाइदैछ। संयुक्त राष्ट्र संघले यस वर्षको नारा ‘म आत्मसात गर्दैछु महिला अधिकार समानता दशक” राखेको छ।

नारी दिवश बिशेष
सुदूर पश्चिममा छाउप्रथा, छोरी शिक्षित बनाऊँ, छाउँगोठ आफैं भत्किन्छन्

बाँकी ३६४ दिन असमानता हटाउने गरी काम गर्नुपर्छस् वोनिता शर्मा (भिडियो)

प्रकाशित मिति: : 2020-03-09 01:50:40

प्रतिकृया दिनुहोस्