अस्ट्रेलियाले पाँचौ पटक उचाल्याे महिला विश्वकपको उपाधि

अस्ट्रेलियाले पाँचौ पटक टी२० महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ।

मेलबोर्न क्रिकेट मैदान (एमसिजी) मा आइतबार भएको फाइनलमा भारतलाई ८३ रनले हराउँदै अस्ट्रेलियाले उपाधि जितेको हो।

अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनाएको थियो।  १८५ रनको बिशाल पछ्छाएको भारत १९.५ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो।

भारतका लागि दिप्ती शर्माले सर्वाधिक ३३ रन बनाइन्। यस्तै भेडा क्रिश्नामुर्तीले १९, रिचा घोसले १८ रन बनाउँदा अन्य कुनै ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन्। 

अष्ट्रेलियाकी मेगान स्चुट्टले ४ तथा जेस जोनासेनले ३ विकेट हात पारिन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि बेथ मूनीले व्यक्तिगत ७८ र अलिसा हिलीले ७५ रन बनाइन्। 

मोनीले सर्वाधिक ७८ रन बनाउन ५४ बलमा १० चौका प्रहार गरिन्। यता हेलीले आक्रामक ७५ रनको अर्धशतकीय इनिङ्सको योगदान दिँदा ३९ बलमा ७ चौका र ५ छक्का प्रहार गरिन्।

कप्तान मेग लानिन्नले १६ रन बनाउँदा निकोला केरी ५ रनमा अविजित रहिन्।

भारतकी दिप्ती शर्माले २ तथा पुनम यादव र राधा यादवले समान १/१ विकेट लिइन्।

प्रकाशित मिति: : 2020-03-09 04:37:55

प्रतिकृया दिनुहोस्