आयरल्याण्डविरुद्धको टी २० सिरिज अफगानिस्तानलाई

आयरल्याण्डविरुद्धको तीन खेलको टी २० क्रिकेट सिरिज अफगानिस्तानले जितेको छ।

भारतको नोएडामा आइतबार भएको दोस्रो टी २० मा २१ रनको जित निकाल्दै अफगानिस्तानले एक खेल अगाबै सिरिज २-० ले जितेको हो।

अफगानिस्तानले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन मात्र बनाउन सक्यो।

आयरल्याण्डका एन्डी बालब्रिनीले ४६ रन बनाए। उनले ३५ मा ५ चौका र १ छक्का प्रहार गरे। यता २९ बलमा ३ चौका र १ छक्का प्रहार गरेका ह्यारी टेक्टरए ३७ रन बनाए यस्तै केभिन ओ ब्रायनले १९ रन बनाउदा अन्यले राम्रो खेल प्रर्दशन गर्न सकेनन। 

अफगानिस्तानका मुजिब उर रहमानले ३ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो। उसका अस्घर अफगानले ४९ रन जोड्दा रहमान उल्लाहले ३५ रन जोडे।

जितसँगै तीन खेलको सिरिजमा अफगानिस्तानले २-० को अग्रता समेत बनाएको छ।
 

प्रकाशित मिति: : 2020-03-09 10:20:01

प्रतिकृया दिनुहोस्