आहा रारा गोल्डकप: सुशानको दुई गोलसँगै थ्री स्टार सेमिफाइनलमा

थ्री स्टार कल्ब १८ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा सोमबार भएको खेलमा गान्तोक सिटी एफसी सिक्किमलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो।

थ्री स्टारको जितमा सुशन श्रेष्ठले दुई गोल गरे। यस्तै संजोक राईले एक गोल गरे। खेलको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो।

खेलको ७९ औं मिनेटमा संजोकले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। 

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सुशान श्रेष्ठले गोल गर्दै थ्रीस्टारलाई २–० को अग्रता दिलाए। लगत्तै सुशानले व्यक्तिगत दोस्रो गोल गर्दै थ्रीस्टारको ३–० को जित पक्का गरे।

थ्री स्टारले अब फाइनल प्रवेशका निम्ति सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ। पुलिसले आयोजक सहारालाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। प्रतियोगिता अन्तर्गत मंगलबार त्रिभुवन आर्मी क्लब र संकटाबीच अन्तिम क्वाटरफाइनल हुनेछ।

प्रकाशित मिति: : 2020-03-10 07:48:34

प्रतिकृया दिनुहोस्