सीमा स्तम्भ बनाउँदा नेपालीको ४० बिघा जग्गा पुग्यो भारतमा, लालपुर्जा नेपालकै

शेरबहादुर ऐर

धनगढी- वर्षौंदेखि उपभोग गर्दै आएको कञ्चनपुरकाे बेलौरी नगरपालिका- १० भुडा बस्ने तोपबहादुर चन्दको ६ कठ्ठा जमिन भारतीय क्षेत्रमा गयो। उनले २०२२ सालदेखि जग्गा उपभोग गर्दै आएका थिए। जग्गा सीमा सर्वेक्षण टोली नम्बर ४ ले अहिले सीमा स्तम्भ बनाउँदा उनको ६ कठ्ठा जग्गा भारतमा पार्‍यो।
‘भुडामा मेरो जम्मा ११ कठ्ठा जग्गा छ‚’ उनले भने‚ ‘अहिलेको सर्वेक्षणले ६ कठ्ठा जग्गा भारत क्षेत्रमा परेको छ।’ उनले २०२२ सालदेखि नै जग्गा उपभोग गर्दै आएपनि २०५५ सालमा लालपुर्जा प्राप्त गरेका थिए।

भुडाकी स्थानीय सीता चौधरीलाई २०५७ सालमा सुकुम्वासी समस्या समाधान आयोगले सात कठ्ठा जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जा दिएको थियो। उनको पुरै जग्गा अहिले भारतीय सिमाभित्र परेको छ। ‘वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको २०५७ सालमा जग्गाधनी दर्ता प्रमाण पुर्जा पाएको थिए‚’ उनले भनिन्‚ ‘खेतीको नाममा त्यही जग्गा थियो। अब त्यो पनि भारतमा पर्‍यो।’ उनीसँग अब बस्ने घरमात्र बँचेको छ नेपालतिर।

प्रकाशित मिति: : 2020-03-10 23:02:28

प्रतिकृया दिनुहोस्