आज अमेरिकामा सुपर टुज्डे-२: दोहोर्याउँलान् त बर्नीले २०१६ को स्थिति ?

प्रदीप भट्टराई

कान्सास सिटी, अमेरिका

अमेरिकामा आज डेमोक्रेटिक राष्ट्रपति प्राइमरीअन्तर्गत डेमोक्रेट अब्रोड र ६ राज्यमा गरी ३६५ डेलिगेट्सका लागि सुपर टुज्डे -२ हुदैछ। सन् २०१४ मा यी सातमध्ये पाँचमा जीत निकाल्दै २२१ डेलिगेट्स जितेका थिए भने हिलारी दुई राज्यमा जीत निकाल्दै १७१ डेलिगेट्समा सिमीत भएकी थिइन्। यसपटक पनि बाइडनलाई पछि पार्दै बर्नीले जितको त्यो सिलसिला दोहोर्याउलान् त? अमेरिकी खासगरी डेमोक्रेट माझ आजको लाख टक्काको प्रश्न नै यही हो।

आजको सुपर टुज्डे -२ प्राइमरी परिणाम सिनेटर बर्नी स्याण्डर्सका लागि महत्वपूर्ण छ। सुपर टुज्डे-१ देखि पछाडि छोडिएका उनले उम्मेद्वारी प्रतिस्पर्धामा रहन मंगलबारको सुपर टुज्डे -२ मा गतिलो कम ब्याक गर्नुपर्ने हुन्छ। 

सुपर टुज्डे -२ प्राइमरी हुने राज्यमा मिचिगन, इडाहो, वासिङटन, मिस्सिसिपी, मिजौरी र नर्थ डकोटा हुन् । यी राज्यमध्ये इडाहोबाट २०, मिचिगनबाट १२५, मिस्सीसिपिबाट ३६, मिजौरीबाट ६८, नर्थ डाकोटा १४ र वासिङटनबाट ८९ गरी ३५२ डेलिगेट्स र डेमोक्रेट अब्रोडबाट १३ गरी ३६५ डेलिगेट्सको निर्णय हुन्छ।

सन् २०१६ को प्राइमरीमा हिलारी क्लिन्टनसँग बर्नी स्याण्डर्सले प्रतिस्पर्धा गरेका थिए। त्यतिबेलाको निर्वाचनमा बर्नीले मिचिगन, इडाहो, वासिङ्टन, नर्थ डकोटा र डेमोक्रेट अब्रोड जितेका थिए भने हिलारीले मिस्सिसिपी र मिजौरी जितेकी थिइन् ।

बर्नीका लागि सन् २०१६ को इतिहास दोहोर्याउन सजिलो छैन। उनी दोस्रोपटक उठ्नु, प्रतिस्पर्धामा पुरूष नै उम्मेद्वार हुनु र बाइडन नै ट्रम्पलाई हराउन सक्ने उम्मेद्वार हुन सक्ने वर्थ अफ माउथ बन्नु उनको पक्षमा छैनन्। 

बर्नीले मिचिगनबाट ६७, इडाहोबाट १८, वासिङ्टनबाट ७४, नर्थ डकोटाबाट १३, मिजौरीबाट ३५, मिस्सिसिपीबाट ५ र डेमोक्रेट अब्रोडबाट ९ गरी यो चरणमा २२१ डेलिगेट्स जितेका थिए भने हिलारीले मिजौरीबाट ३६, मिस्सिसिपीबाट ३१, मिचिगनबाट ६३, इडाहोबाट ५, वासिङ्टनबाट २७, नर्थ डकोटाबाट ५, र डेमोक्रेट अब्रोडबाट ४ गरी यो चरणमा १७१ डेलिगेट्स जितेकी थिइन् ।

यसपटक बर्नीको ठाउँमा उनी आफैं छन् भने हिलारीका ठाउँमा बाइडन छन्। समीकरण भने उही छ। बाइडन संस्थापनका उम्मेद्वार हुन् भने बर्नी आउटसाइडर। तर, संस्थापन पक्षमा उम्मेद्वारको लिङ्ग फरक छ। अमेरिकामा लिङ्ग पनि चुनावका लागि निर्णायक फ्याक्टर भएको सत्य स्थापित भैसकेको छ।

बर्नीका लागि सन् २०१६ को इतिहास दोहोर्याउन सजिलो छैन। उनी दोस्रोपटक उठ्नु, प्रतिस्पर्धामा पुरूष नै उम्मेद्वार हुनु र बाइडन नै ट्रम्पलाई हराउन सक्ने उम्मेद्वार हुन सक्ने वर्थ अफ माउथ बन्नु उनको पक्षमा छैनन्। 

प्रकाशित मिति: : 2020-03-11 06:15:49

प्रतिकृया दिनुहोस्