मन्त्री नै टेर्दैनन् ‘मिनी संसद’ लाई ! पटक–पटक बेवास्ता

बाह्रखरी

काठमाडाै‌ं

कहिले प्रधानमन्त्रीले त कहिले मन्त्रीले । त्यतिले मात्रै होइन संवैधानिकदेखि विभिन्न निकायका पदाधिकारीलाई संसदीय समितिले छलफलका लागि बोलाउने गरेको भए पनि समितिलाई बेवास्ता गर्न थालेको पाइएको छ ।

सकेसम्म पहिले समय मिलाउनै समस्या हुने, मिलाइहाले पनि पछि नआइदिने समस्यामा संसदीय समितिहरु परेका छन् ।

अघिल्लो साता संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोलाइएका रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा उपस्थित नभएको भन्दै सांसदहरुले समेत आलोचना गरे ।

समितिमा सांसदहरुले पर्खिए पनि अन्तिम समयमा उनीहरु उपस्थित नभएपछि समितिको बैठक स्थगित गर्नुपरेको थियो ।

मन्त्री र सरकार मातहतकै कुनै निकायको प्रमुखले संसदीय समितिलाई अटेर गरेको यो पछिल्लो घटना हो । 

प्रकाशित मिति: : 2020-03-12 03:51:08

प्रतिकृया दिनुहोस्