यी हुन् नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर खानेहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा उनीहरूले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको छ ।

बिहारको संस्कृत शिक्षा बोर्ड र मिथिला संस्कृत विश्वविद्यालयबाट प्रमाणपत्र ल्याएर सरकारी सेवामा प्रवेश गर्ने अधिकांश शिक्षक, प्रहरी र सार्वजनिक संस्थानका कर्मचारी छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेरै सरकारी सेवा प्रवेशदेखि बढुवासमेत भएको पाइएको छ । त्यस्ता कर्मचारीविरुद्ध अख्तियारले उजुरीका आधारमा अनुसन्धान गरेर मुद्दा दर्ता गरेको हो ।

शैक्षिक प्र्रमाणपत्र नक्कली रहेको अनुसन्धानमा फेला परेपछि ४ फागुनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत शालिकराम खनालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । उनले बिहारको संस्कृत शिक्षा बोर्डबाट पास गरेको नक्कली प्रमाणपत्र किनेर ल्याएको खुलेपछि मुद्दा दर्ता भएको हो ।

प्रकाशित मिति: : 2020-03-12 21:51:09

प्रतिकृया दिनुहोस्