अमेरिकी सेयर बजार धराशायी: 'बुल मार्केट' लाग्यो 'बियर मार्केट'तिर

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकी सेयर बजार बुल मार्केटबाट बियर मार्केटमा प्रवेश गरेको छ। वाल स्ट्रिटका सारा सुचाङ्कले यस्तो संकेत गरेका हुन्। विहीबार न्युयोर्क स्टक एक्सचेञ्ज १० प्रतिशतले तल झर्यो भने डाउ जोन्स सूचकाङ्क पनि सात प्रतिशतले ओरालो लाग्यो। सेयर बजारमा यो पहिरो गएपछि कारोबारहरू बन्द गरिए।

अमेरिकी सेयर बजार सन् १९८७ पछि पहिलोपटक यति धेरै धराशायी भएको हो। 'ब्लाक मण्डे'पछिको यो त्रासदीपूर्ण दिनले अमेरिकी अर्थतन्त्र बर्बादीको दिशातिर अगाडि बढेको संकेत गरेको छ। अर्थविदहरू भन्छन्, 'अब अमेरिका आर्थिक मन्दीको एक कदम मात्र पछि छ।'

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले  युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका निम्ति रोक लगाएको अर्को दिन अमेरिकी अर्थतन्त्रले यो दिन देख्नुपरेको हो।

यसअघि नै कोरोना भाइरसले थिल्थिलो बनाएको अमेरिकी सेयर बजार रूस र साउदी अरबबीच तेलको मुल्य युद्धले थलिएको थियो। अहिले पनि त्यो क्रम जारी नै रहदा तेलको मूल्य घटेर अर्थतन्त्रको चक्र प्रभावित भएको छ।

यसरी एकपछि अर्को प्रहार खपिरहेको अमेरिकी सेयर बजारमा विहीबार उठ्नै नसक्ने गरेर ढलेको हो। यद्यपि, यसलाई उठाउन वाल स्ट्रिटले हरसम्भव प्रयास गरिरहेको बताएको छ। तर, ती प्रयास यो समस्याको पहाडलाई थेग्न सक्ने खालको होला जस्तो छैन। 

सेयर बजार बुल मार्केटबाट वियरमार्केटमा प्रवेश गरेपछि सेयर बजार कारोबारीहरूले टाउकोमाथि हात राखेका छन्। उनीहरू अब भएको सेयर पनि बेचेर कम बर्बाद हुने कि भन्नेतिर लागेको देखिन्छ। सेयर बजार उकालो लाग्ने कुरामा विश्वस्त हुन सकिने आधार उनीहरूले देखिरहेका छैनन्। यो साता मात्र लगानीकर्ताहरूले अर्बौ डलर गुमाइसकेका छन्। 

अर्थतन्त्र यसरी नै कन्तबिजोग हुँदै जाने हो भने त्यसको सबैभन्दा ठूलो राजनीतिक मूल्य वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले चुकाउनुपर्ने हुन सक्छ। उनको चुनावी जार्गन नै अमेरिकी अर्थतन्त्र हो। तर, यही अवस्था कायम रहने हो भने उनलाई त्यसको फाइदा मिल्दैन र उनी दोस्रो कार्यकालका लागि चुनिने सम्भावनाबाट टाढा हुने छन्। 

अमेरिकी सेयर बजारको यो हालतसँगै अमेरिकी अर्थतन्त्र नै चौपट हुने अवस्था सिर्जना हुदैछ । त्यसको प्रभाव केही मात्रामा राजनीतिमा पनि परिसकेको छ।

अर्थतन्त्र यसरी नै कन्तबिजोग हुँदै जाने हो भने त्यसको सबैभन्दा ठूलो राजनीतिक मूल्य वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले चुकाउनुपर्ने हुन सक्छ। उनको चुनावी जार्गन नै अमेरिकी अर्थतन्त्र हो। तर, यही अवस्था कायम रहने हो भने उनलाई त्यसको फाइदा मिल्दैन र उनी दोस्रो कार्यकालका लागि चुनिने सम्भावनाबाट टाढा हुने छन्। 

आजको परिस्थिति आउनमा ट्रम्प नै  मूख्य दोषी रहेको उनका आलोचकहरू बताउँछन्। उनीहरू भन्छन्, 'अमेरिका फस्ट भन्दै सबैबाट अलगिएर अगाडि बढ्ने उनको नीति नै यसका लागि जिम्मेवार छ। आज अमेरिका जहाँ छ, ऊ त्यसो भनेर अगाडि बढ्ने ठाउँबाट धेरै अगाडि पुगिसकेको छ।'

राष्ट्रपति ट्रम्पकै समर्थकहरू पनि उनले कोरोना भाइरस संक्रमणलाई सही तरिकाले सम्बोधन गर्न नसकिरहेको बताउन थालेका छन्। उनले लिएका निर्णयहरू समस्या समाधान गर्नेभन्दा पनि बल्झाउनतिर सहयोगी भैरहेको उनीहरूलाई लाग्न थालेको छ। 

 

प्रकाशित मिति: : 2020-03-13 16:14:31

प्रतिकृया दिनुहोस्