सुनको मूल्य रु तीन हजारले घट्यो

निरन्तर उकालो लागेको सुनको भाउ रु तीन हजारले घटेको छ।

बिहीबार रु ८१ हजार ५०० मा कारोवार भएको  प्रतितोला छापावाल सुन मूल्य शुक्रवार ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार गत मङ्गलबार तोलाका रु ८२ हजार ७०० मा कारोवार भएकोे पहेँलो धातुको मूल्यमा बुधबार रु २०० ले कमी आएको थियो भने बिहीबार रु ८०० ले घटेको थियो।

चाँदीको मूल्यमा पनि रु ४० ले गिरावट आएको छ । चाँदी प्रतितोला रु ८२० मा कारोवार भइरहेको महासङ्घले जनाएको छ। 

प्रकाशित मिति: : 2020-03-14 01:55:53

प्रतिकृया दिनुहोस्