कोरोना भाइरसका कारण नेपालमा २० हजार रोजगारी छिनिने सम्भावना

कोरोना भाइरसका कारण नेपालमा २० हजार जना बेरोजगार हुने सम्भावना बढेको छ। कोभिड १९ का कारण नेपालले गत शुक्रबारदेखि सबै देशको पर्यटक भिषा रद्ध गरेको छ भने सगरमाथा जान रोक लगाएको छ। अन्तर्राष्ट्रिय न्युज एजेन्सीहरुले पनि कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रलाई निकै प्रभावित पार्ने भविष्यवाणी गरिसकेका छन्।

नेपालमा हालसम्म एक जनामा मात्र कोरोना भाइरसको संक्रमण फेला परेको छ। हाल यो भाइरसबाट विश्वभरी १ सय २९ देशका १ लाख ४२ हजार ३ सय २० जनामा संक्रमण पुष्टी भइसकेको छ भने ५ हजार ३ सय ८८ जनाले ज्यान गुमाएका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार ९ देशमा हजारभन्दा बढी घटना देखिएको छ।

डब्ल्युएचओको रिपोर्टअनुसार चीनमा ८१ हजार २१ संक्रमणकारी, इटलीमा १७ हजार ६ सय ६० घटना अगाडी आएको छ। यस्तै इरानमा ११ हजार ३ सय ६४ घटना, कोरियामा ८ हजार ८६, स्पेनमा ४ हजार २ सय ३१ संक्रमणको घटना पुष्टी भएको छ। यसैगरी फ्रान्समा ३ हजार ६ सय ४०, जर्मनीमा ३ हजार ६२, अमेरिकामा १ सय ६ सय ७८ र स्विट्जरल्यान्डमा १ हजार १ सय २५ संक्रमणकारी भेटिएका थिए।

चीनमा हालसम्म सर्वाधिक ३ हजार १ सय ९४, इटालीमा १ हजार २ सय ६८, इरानमा ५ सय १४, कोरियामा ७२, स्पेनमा १ सय २०, फ्रान्समा ७९, जर्मनीमा ६, अमेरिकामा ४१ र स्विट्जरल्यान्डमा ६ जनाले ज्यान गुमाइसकेका छन्।

रोयटर्सका अनुसार इन्डोनेशियामा २७ वटा संक्रमणको घटना पुष्टी भएको छ। यहाँ कोरोनाका कारण मर्नेको संख्या ५ पुगेको छ।

यस्तै कोरोनाका कारण आइफल टावर पर्यटकका लागि बन्द गरिएको छ। साउदी अरेबियाले प्रकोपका कारण दुई साताका लागि अन्तर्राष्टिय उडान रद्ध गरिसकेको छ भने डिज्नीले आफ्नो लाइभ एक्सन फिल्मको निर्माण अस्थायी रुपमा रोकेको छ।
 

प्रकाशित मिति: : 2020-03-15 05:24:02

प्रतिकृया दिनुहोस्