सूचना संलकन गर्न नसकेको भनेर आलोचना भएपछि उपत्यकाका घुमुवा टोली परिवर्तन गरिएका छन्।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले उपत्यकाका १८ वटा महानगरीय प्रहरी वृत्त र प्रभागहरुबाट घुमुवा टोली परिवर्तन गरेको हो।
परिर्वतन हुनेमा महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुर तथा मातहतमा लामो समयदेखि सादा पोशाकमा कार्यरत रहेका १७ अधिकृत ५७ जवान गरि ७४ अधिकृत तथा जवानहरू रहेका छन्।
तोकिएको सादा पोशाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगन्जमा पठाइएको छ। प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लान्छना मेटाउने र जनविश्वास अभिवृदी गर्ने उद्देश्यले घुमुवा टोली परिवर्तन गरिएको बताइएको छ।
आचरण व्यवहार सुधारको हिसावले पठाइएका उल्लेखित अधिकृत तथा जवानहरूलाई महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा ७ दिने सुधारत्मक तालिम समेत संचालन गरिने छ।
यसपछि अब इन्टेलिजेन्ट ग्रुपमा कार्यरत हुने कर्मचारीहरूमा सकारात्मक आचरण व्यवहारमात्र नभएर तोकिएको जिम्मेवारी भित्र रहेर परिणाममूखी कार्यको हरेक महिना मूल्याकङ्न हुने परिपाटीको थालनी गरिने कुरा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए।
साथै अब सादा पोशाकमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू मुलतः प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालित हुने समेत उनले बताए।