पोर्चुगलमा कोरोना भाइरस संक्रमणको घटना बढ्दै गएपछि स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो होटललाई अस्पतालमा परिवर्तन गर्ने अभियान सुरु गरेका छन्।
मार्का पत्रिकाका अनुसार रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ‘सीआर–७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेका हुन्। उनको होटल आगामी साताभित्र अस्पतालमा परिवर्तन भइसक्ने बताइएको छ।
कोरोना भाइरसका संक्रमित विरामीलाई निःशुल्क उपचार गर्ने पनि मार्का पत्रिकाले बताएको छ। रोनाल्डो खेलाडीको रूपमा मात्र नभई मानवीय गुणका कारण पनि विश्वभरी लोकप्रिय छन्।
पोर्चुगलमा शनिबारसम्म १ सय ६९ कोरोनाका संक्रमित पृष्टी भएको थियो। जसमा एक जना पूर्ण स्वस्थ्य भएर फर्किएको र अहिलेसम्म कसैको ज्यान नगएको बताइएको छ।