नेपाली भूमि भारतमा पारिएको भन्दै कञ्चनपुरका स्थानीयले तोडे सीमा पिल्लर

शेरबहादुर ऐर

कञ्चनपुर- 
नेपाली भूमि भारतमा पर्ने गरी सीमा स्तम्भ गाडिएको भन्दै तोडफोड गर्दै कञ्चनपुरका स्थानीय। तस्बिर : शेरबहादुर ऐर

नेपाली भूमि भारतमा पर्ने गरी सीमा पिल्लर गाडिएको भन्दै स्थानीयले सीमा क्षेत्रमा गाडिएका पिल्लर तोडिदिएका छन्। नेपाल-भारत संयुक्त सर्भे टोलीले बेलडाँडी गाउँपालिका-३ वैवाह क्षेत्रमा निर्मामा गरेको ७८३/४ नम्बर पिल्लर शनिबार स्थानीयले हथौडा प्रहार गरेर तोडफोड गरेका हुन्।

नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरीप्रसाद बोहराले सरकारी लापरबाहीका कारण नेपाली भूमि भारतमा पर्ने गरी सीमा पिल्लर गाडिएकाले कांग्रेसले सो क्षेत्रमा स्थलगत अनुगमन गरेको बताए। 

‘हामी त्यहाँ पुग्नु अवागै तोडफोड भइसकेको रहेछ,’ उनले भने, ‘सीमा पिल्लर तोडिनु जनताको आक्रोश हो।’

सीमा पिल्लर तोडफोड भएपछि सो क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको छ।

नेपालीको लालपुर्जा भएको जमिनमा सीमा पिल्लर गाडेर नेपाली भूमि भारतले हड्प्न खोजेको भन्दै स्थानीयले विरोध गरेपछि सर्भेको काम रोकिएको थियो। 

प्रकाशित मिति: : 2020-03-15 22:09:52

प्रतिकृया दिनुहोस्