प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका छन्। दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका उनको पेटमा राखिएको ‘स्टेन्ट’ निकाल्न अस्पताल पुगेका हुन्।
फलोअप परीक्षण र ‘स्टेन्ट’ निकालेपछि प्रधानमन्त्री ओली बालुवाटार फर्किने छन्। उनको २१ फागुनमा मिर्गौला प्रत्यारोपण भएको थियो।
नौ दिन अस्पताल बसेका उनी गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार फर्किएका थिए।
अस्पतालबाट फर्किएपछि शनिबार प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल र आफ्ना सल्लाहकारसँग भेट गरेका थिए।
प्रधानमन्त्री ओली आइतबार साँझ कोरोना भाइरसविरुद्ध सहकार्य गर्न सार्क राष्ट्रका सरकार प्रमुखहरुको भिडियो कन्फरेन्समा सहभागी हुने कार्य तालिका रहेको छ।