प्रधानमन्त्री ओली भिडियो कन्फरेन्समा सहभागी हुन सिंहदरवार जाँदै

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसविरुद्ध सहकार्य गर्न सार्क राष्ट्रका सरकार प्रमुखहरुको भिडियो कन्फरेन्समा सहभागी हुने भएका छन्। आइतबार साँझ हुने कन्फरेन्समा सहभागी हुन उनी सिंहदरवार जान लागेका हुन्।

२१ फागुनमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका उनको पेटमा राखिएको ‘स्टेन्ट’ निकाल्न अस्पताल पुगेका हुन्।

‘हामीले नआउन भनेका थियौं, उहाँले मान्नुभएन,’  एक सल्लाहकारले भने। 
 

प्रकाशित मिति: : 2020-03-16 04:21:44

प्रतिकृया दिनुहोस्