पुष्पकमल दाहाल प्रचण्ड: टाई-सूटमा भादगाउँले टोपी लगाउने पूर्वमाओवादी नेता भन्छन्, 'कुनै दिन दौरा सुरुवाल लगाएर हिँड्न सक्छु'

बिबिसी

काठमाडाै‌ं

नेत्र केसी

सशस्त्र विद्रोहमा लागेका तत्कालीन माओवादी पार्टीका नेतादेखि कार्यकर्तासम्म सबैले दौरा, सुरुवाल र कोटलाई 'सामन्ती पोसाक' भन्ने गर्थे।

शान्ति प्रक्रियामा आएलगत्तै मन्त्री तथा प्रधानमन्त्री बनेका नेताहरूले शपथ ग्रहण गर्दा पनि त्यो पोसाक लगाएनन्।

तर अहिले उनीहरूको व्यवहारमा परिवर्तन हुन थालेको छ। विभिन्न सार्वजनिक पदमा पुगेका पूर्वमाओवादी नेताहरूले दौरा, सुरुवाल र कोट लगाउन थालेका छन्।

दशवर्षे सशस्त्र विद्रोहको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले भने अहिलेसम्म दौरा सुरुवाल लगाएको देखिएको छैन।

तर उक्त पोसाकप्रति आफ्नो नकारात्मक दृष्टिकोण नभएको बताउँदै उनी भन्छन्, "कुनै दिन दौरा सुरुवाल लगाउन सक्छु।"

कहिले लगाउलान् दौरा सुरुवाल?

पहिलो पटक प्रधानमन्त्री भएदेखि प्रचण्डले भादगाउँले कालो टोपी लगाउन थाले।

प्रचण्डका सहयोद्धा बाबुराम भट्टराईले पनि प्रधानमन्त्री हुँदा दौरा सुरुवाल लगाएनन्।

माओवादी दल छोडेर अर्कै दल बनाएका उनले गत वर्ष "देशअनुसारको भेष" भन्दै दौरा सुरुवाल लगाएको तस्बिर सार्वजनिक गरे।

प्रकाशित मिति: : 2020-03-16 04:39:14

प्रतिकृया दिनुहोस्