पूर्वप्रधानन्यायाधीश गोगोई राज्यसभा सदस्यमा मनोनित

बिएल संवाददाता

नयाँदिल्ली

भारतका पूर्वप्रधानन्यायाधीश रञ्जन गोगोई राज्यसभा सदस्यमा मनोनित भएका छन्। राष्ट्रपति रामनाथ कोविंदले उनलाई राज्यसभामा मनोनित भएका हुन्।

राष्ट्रपति कोविंदले संविधानले दिएको अधिकार प्रयोग गर्दै रिक्त एक सदस्यको पदमा उनलाई मनोनित गरेको भारतीय गृहमन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ।

गोगोईले गएको नोभेम्बरमा प्रधानन्यायाधीशबाट अवकाश लिएका थिए।  अवकाश लिनु अघि उनले लामो समयदेखि विवादमा रहेको अयोध्याको बाबरी मस्जिदको मुद्दामा फैसला गरेका थिए।

बाबरी मस्जिद भएको जग्गामा बन्ने मन्दिर गठित समितिको नाममा हुने र मस्जिद बनाउन अर्कै ठाउँमा पाँच एकर जमिन दिने फैसला उनले गरेका थिए।

साथै उनले मोदी जोडिएको रफाएल विमान भ्रष्टाचार मुद्दा, सिआइबी निर्देशक आलोक बर्मालाई हटाएपछिको विवाद लगायतका मुद्दा छिनेका थिए। 

प्रकाशित मिति: : 2020-03-18 04:44:00

प्रतिकृया दिनुहोस्