नेकपामा ‘वामदेव प्रकरण’ अझै अन्योलमा, निर्णय कार्यान्वयनमा ढुक्क छु: गौतम

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम आफूलाई राष्ट्रियसभा लैजाने सचिवालयको निर्णय कार्यान्वयन हुनेमा ढुक्क देखिएका छन्।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री युवराज खतिवडालाई बाहिर राखेर गौतमलाई राष्ट्रियसभा सदस्य नबनाउने अडान कायम राखे पनि गौतम भने ढुक्क देखिएका हुन्।

हाल मौनझैं देखिए पनि भैँसेपाटी निवासमा भेट्न आउने नेता तथा कार्यकर्तालाई गत फागुन १४ गतेको सचिवालय निर्णय कार्यान्वयन हुनेमा ढुक्क रहेको जनाउने गरेका छन्। ‘वामदेव कमरेड पार्टी निर्णय कार्यान्वयन हुनेमा ढुक्क हुनुहुन्छ, हुँदैन भन्नेमा उहाँलाई एकरत्ति पनि अविश्वास छैन,’ गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले नेपालन्युजसँग भने, ‘उपयुक्त समयमा उहाँलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी निर्णय कार्यान्वयन हुनेछ।’

प्रकाशित मिति: : 2020-03-18 11:22:23

प्रतिकृया दिनुहोस्