प्रचण्डले बोलाए सचिवालय बैठक, प्रधानमन्त्री ओली पनि सहभागी हुँदै

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार ४ बजे सचिवालय बैठक बोलाएका छन्। कोरोना भाइरसलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहमा उनले सचिवालय बैठक आह्वान गरेका हुन्।

बालुवाटारमा बस्ने भनिएको बैठकमा ओली पनि सहभागी हुने स्रोतले बताएको छ।

यसअघि फागुन १८ गते सचिवालय बैठक बोलाइएको थियो। त्यो बेला ओलीले आफूले दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण नेपालमै गर्ने जानकारी गराएका थिए। 

नेकपामा वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने/नलैजाने मुद्दा पेचिलो बनेको छ। यता एमसीसी अनुमोदनको बिषयमा पनि छलफल हुन बाँकी नै रहेको छ।

आज बस्ने सचिवालय बैठकमा यी मुद्दामा छलफल हुन सक्ने सम्भावना छ।

प्रकाशित मिति: : 2020-03-18 19:43:13

प्रतिकृया दिनुहोस्