२० हजार मास्कसहित दुई पक्राउ

नेपालबाट भारततर्फ लैजान लागेको अवस्थामा २० हजार पिस मास्कसहित दुई जना पक्राउ परेका छन्। 

बुधबार बिहान पर्सा जिल्लाको पोखरिया नगरपालिका ४ मा काठमाडौंबाट आएको रात्रीबसबाट प्रहरीले ६ बोरामा रहेको २० हजार पिस मास्क बरामद गरेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइन्। 

मास्कको कालाबजारीमा संलग्न भएको आरोपमा प्रहरीले पर्साको छिपहरमाई गाउपालिका वडा नम्बर ५ निवासी ३८ वर्षिय सुलिन जैसवाल र २६ वर्षिय अजय महतो कोइरीलाई नियन्त्रणमा लिइएको छ। उनीहरुमाथि थप कारवाही अगाडी बढाएको पन्तले जानकारी दिइन्।

प्रकाशित मिति: : 2020-03-19 11:17:34

प्रतिकृया दिनुहोस्