 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                बिएल संवाददाता
म्यान्मारको जनता सरकारलाई सत्ताच्युत गरेर सेनाले शासनसत्ता हातमा लिएसँगै सैन्य 'कू'विरुद्व जनप्रदर्शन उग्र बन्दै गएको छ। सैन्य 'कू'को विरोधमा सडक आन्दोलनमा दशौँ हजार मानिसहरू उत्रिएका छन्।
प्रदर्शनकारीले देशभर लगाएको निषेधाज्ञ अवज्ञा गर्दै सडकमा उत्रिएका हुन्। उनीहरूले प्रजातन्त्रवादी समर्थकहरू नेत्री आङ सान सु कीसहितका नेताहरूको रिहाई माग गरिरहेका छन्। जुन्ता सरकारको सडक प्रतिबन्धलाई बर्मेली (म्यान्मार) जनताले अस्वीकार गरेका हुन्। उनीहरूले सैन्य नेतृत्वलाई स्वीकार्न नसकिने स्पष्ट गरेका छन्।
गत साता सेनाले निर्वाचित जनप्रतिनिधिलाई कब्जामा लिएर एक वर्षका लागि संकटकाल जारी गरेको छ। यसकाे विरोधमा देशव्यापी आन्दोलन भइरहेको छ। म्यान्मारमा जनप्रदर्शन तीब्र भएसँगै सैन्य प्रमुख जर्नेल मिन आङ हलाइङले सोमबार सरकारी टेलिभिजनमार्फत् सत्ता कब्जाको औचित्य पुष्टि गर्ने प्रयास गरेका थिए। उनले देशकाे पछिल्लो राजनीति कदम संविधान अनुसार भएको दाबी गरेका छन्।
देशमा जारी प्रदर्शनलाई लक्षित गर्दै सैन्य प्रमुख जर्नेलले प्रजातन्त्रकाे नाममा उग्रता नदेखाउन आग्रह गरेका छन्। आन्दोलन शान्तिपूर्ण भएपनि राजधानी नेपिटो र माण्डलेमा प्रहरीले प्रदर्शकारीमाथि बल प्रयोग गरेपछि आन्दोलन उग्र थालेको छ।
म्यान्मार सैन्य 'कू' बारे बर्मेली नेपाली रीना वाग्लेको 'बिएल भिडियो ब्रिफिङ' भाग २

 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया