अमेरिकी सांसद मारियोलाई कोभेड-१९, १४ सांसद सेल्फ क्वारेन्टाइनमा 

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी कंग्रेसमेन मारियो डायस-वालार्ट काबेलेरोलाई कोभेड-१९ भएको समाचार सार्वजनिक भएको छ। मारियोको स्वास्थ्य परीक्षण प्रतिवेदनले उनमा कोरोना भाइरस पोजिटिभ देखाएको हो। मूलधारका अमेरिकी सञ्चारमाध्यमले यो समाचारलाई ठूलो महत्वका साथ बाहिर ल्याएका छन्।

शनिबार विहान मात्र सांसद मारियोमा ज्वरो आएको थियो र केही टाउको पनि दुखेको थियो। त्यसलगतेै परीक्षण गराएका उनको केही समयअगाडि मात्रै कोरोना भाइरस पोजिटिभ भएको स्वास्थ्य प्रतिवेदन आयो ।

सांसद मारियोले आफू ठीकै रहेको बताउँदै सबैलाई यो भाइरस संक्रमणबाट चनाखो हुन आग्रह गरेका छन्। 

५८ वर्षीय कंग्रेसमेन मारिरयो रिपब्लिकन पार्टीका सांसद हुन्। उनी फ्लोरिडा राज्यको २५औं कंग्रेसनल डिस्ट्रिक्टबाट अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा प्रतिनिधित्व गर्छन।

सन् २००२ देखि उनी सांसद रहेका छन्। 

मारियो कोरोना भाइरसबाट संक्रमित पहिलो अमेरिकी सांसद हुन् । 

अमेरिकामा १४ सांसद कोरोना भाइरस संक्रमणको आशंकामा सेल्फ क्वारेन्टाइनमा छन्। उनीहरू अधिकांश रिपब्लिकन पार्टीका सांसद हुन् । 

प्रकाशित मिति: : 2020-03-19 18:02:53

प्रतिकृया दिनुहोस्