भारत कोरोना भाइरसको अबको ‘हटस्पट’: डा. लक्ष्मीनारायण

एजेन्सी

नयाँ दिल्ली

अमेरिकाको वासिङटनस्थित प्रिन्सटन विश्वविधालयका प्राध्यापक रमनन् लक्ष्मीनारायणले भारत कोरोना भाइरसको ‘हटस्पट’ मा रहेको बताएका छन्। 

अमेरिकामा जनसंख्याको २० देखि ६० प्रतिशत व्यक्ति कोरोनाको सम्भावित संक्रमणबाट प्रभावित भएको आशंकाका बीच डाक्टर लक्ष्मीनारायणले खराब अवस्थामा भारतमा जनसंख्याको ६० प्रतिशत व्यक्ति प्रभावित बन्न सक्ने बताएका छन्। यो भनेको भारतमा कोरोना भाइरसको संक्रमण बढेमा ७० देखि ८० करोड व्यक्ति प्रभावित बन्ने उनको आंकलन छ। 

भारतको चर्चित ‘द वायर’ अनलाइन पत्रिकालाई उनले दिएको अन्तर्वार्तामा ठूलो मात्रामा संक्रमणको सम्भावना भएपनि कममा मात्र यसको प्रभाव रहने बताइएकाे छ। ‘थोरै प्रतिशत मात्र गम्भीर रूपमा विरामी हुनेछन् र थोरैले ज्यान गुमाउने छन्,’ पत्रकार करन थापरसँगको अन्तर्वार्तामा उनले भनेका छन्। 

भारतको स्वास्थ्य मन्त्रालयले बुधबार दिउँसो १२ बजे सार्वजनिक गरेको तथ्यांकमा १ सय ३० जना संक्रमणमा देखिएको र यसमध्ये १४ पूर्ण स्वास्थ्य भएर घर फर्किसकेको तथा तीन जनाले ज्यान गुमाएको बताइएको छ। 
  

प्रकाशित मिति: : 2020-03-20 02:14:30

प्रतिकृया दिनुहोस्