वैदेशिक रोजगारीमा विदेश जान नपाउनेलाई सरकारले रोजगार दिने (भिडियो)

कोरोनाभाइरसका कारण काम गर्न विदेश जान नपाएका नेपाली कामदारलाई सरकारले रोजगार दिने भएको छ। सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै विदेश काम गर्न जान नपाएकालाई सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी दिने बताएका हुन्।

काम गर्ने चाहने व्यक्तिले नाम सूचीकृत गरेमा सरकारले त्यस्ता व्यक्तिलाई रोजगार दिने मन्त्री खतिवडाले जानकारी गराए।

उनले अहिलेको अवस्थामा साना काम गर्न चाहनेलाई सरकारले रोजगार दिनसक्ने बताए। तर टेबल वर्क मात्र गर्छु भन्नेलाई सरकारले रोजगारी दिन नसक्ने स्पष्ट पारे।सरकारले विभिन्न मुलुकले नेपाली कामदारलाई मुलुक प्रवेशमा रोक लगाएपछि धेरै मानिसहरू प्रभावित भएका छन्।

प्रकाशित मिति: : 2020-03-20 05:41:07

प्रतिकृया दिनुहोस्