निर्भया बलात्कार प्रकरण: गर्ने चारै दाेषीलाई फासी दिइयाे

निर्भया सामूहिक बलात्कार घटनाका चार दोषीलाई शुक्रबार फासी दिइएको छ।

अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई शुक्रबार बिहान दिल्लीको तिहाड जेलमा फासी दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

सन् २०१२ मा निर्भयामाथि बलात्कार हत्या गरेकाे अभियाेगमा २०१३ मा दाेषी ठहरिएका उनीहरुलाई दिल्लीको तिहाड जेलमा फासी दिइएको हाे।

तिहाड जेलमा शुक्रबार बिहान उच्च सुरक्षा सतर्कताबीच दिइएको फासी पछिल्लो पाँच वर्ष यताकै पहिलो घटना हो। यसअघि सन २०१५ मा भारतमा फासीको सजाय दिइएको थियो।

प्रकाशित मिति: : 2020-03-20 19:17:28

प्रतिकृया दिनुहोस्