सुधारिँदै प्रसूतिगृह

सविता शर्मा

काठमाडौं

सरकारले एकै स्थलमा २५ जनाभन्दा बढीको भीडभाड नगर्न निर्देशन दिए पनि बिहीबार दिउँसो प्रसूतिगृह, थापाथलीमा बिरामीको ठूलै भीड थियो । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएपछि बुधबार मात्र सरकारले भीडभाड नगर्न निर्देशन दिएको हो ।

कोरोनाबाट बच्न सरकारले सावधानी अपनाउन सतर्क गराए पनि अस्पताल परिसरमा यसको अनुभव हुन सकेन । यहाँ यसका लागि उपयुक्त व्यवस्थापन हुन सकेको छैन । कहीँ कतै पनि हात धुन साबुन पानीको व्यवस्था गरिएको छैन । अस्पतालमा भेटिनुभएकी कुरुवा लक्ष्मी लामाले भन्नुभयो, “हात धुने ठाउँ छैन, पानी छैन । भीडभाड छ । कोरोनाको डर छ । कतिन्जेल बस्ने यसरी ?”

प्रकाशित मिति: : 2020-03-20 21:05:58

प्रतिकृया दिनुहोस्