सरकारको चिन्ता : कोरोना जोखिम बढ्दै गए खर्च कहाँबाट ल्याउने?

नेपाल लाइभ

काठमाडौं

सविन मिश्र

काठमाडौं- कोरोना भाइरसकाे जोखिम बढ्दै जाँदा मुलुकभित्र तथा बाहिरका आर्थिक कृयाकलाप ठप्प हुँदा सरकारमाथि चिन्ता थपिएको छ, जोखिम बढ्दै गए खर्च कहाँबाट ल्याउने? आर्थिक कृयाकलाप ठप्प हुँदा राजस्व संकलन प्रभावित हुने तर सरकारमाथि अनिवार्य दायित्व बढ्दै जान सक्ने भएकाले अर्थ मन्त्रालयमाथि स्रोतको दबाब बढ्दै गएको हो। 

कोरोनाको जोखिम बढ्दै जाँदा उपभोक्ताले भविष्यमा उपभोगका लागि सञ्चित गर्न वस्तु खरिद बढाउँदा फागुनमा आन्तरिकतर्फको राजस्वमा निकै सुधार देखिएको छ। आन्तरिकतर्फ मूल्य अभिवृद्धि कर ३८ प्रतिशतले बढेको छ भने आयकर पनि उल्लेख्य सुधार भएको छ। माघसम्म ८ प्रतिशत हाराहारीमा बढेको अन्त:शुल्क फागुनमा १० प्रतिशतले बढेको छ।

प्रकाशित मिति: : 2020-03-21 01:42:53

प्रतिकृया दिनुहोस्