बालबालिकालाई ‘कोरोना त्रास’बाट कसरी जोगाउने ?

डा.गंगा पाठक 

परिस्थिति निकै असहज र अस्वाभाविक भएको छ। यस्तो परिस्थितिमा बालबालिकाको मनोविज्ञानलाई लिएर हरेक मान्छे गम्भीर हुनुपर्ने हुन्छ। आमाबुबाले छोराछोरीसँग बिताउने समय, कति नजिक भएर समय बिताउनुहुन्छ भन्ने कुराले यस्तो समयमा निकै महत्त्व राख्छ।

विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरस संक्रमणको त्रास हरेक आमाबुबालाई पनि छ। यस्तो समयमा आमाबुबाले आफ्नो छोराछोरीसँगको सामीप्यतालाई अन्य समयको भन्दा झन् प्रगाढ बनाउनुपर्‍यो। अहिलेको अवस्थाले बालबालिकालाई मानसिक रूपमा निकै असर गरिरहेको हुन्छ। त्यसैले, अभिभावकले यसमा आफ्नो प्रत्यक्ष भूमिका खेलेर बालबालिकामा मानसिक आघात नहुने अवस्थाको सिर्जना गर्न आवश्यक छ।

प्रकाशित मिति: : 2020-03-21 01:46:28

प्रतिकृया दिनुहोस्