कोरोना प्रभाव: काठमाडौंका ब्यस्त सडक सुनसान [तस्बिर/भिडियाे]

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइस अर्थात कोभिड —१९ को जोखिम बढेसँगै काठमाडौं उपत्यका सुनसान बनेको छ। काठमाडौं  छाडेर गाउँ फर्किनेको संख्या ह्वातै बढेसँगै यहाँका ब्यस्त सडकहरू सुनसान बनेका हुन्। अति ब्यस्त रहने सुन्धारा–रत्नपार्कका सडक शनिबार दिनभर सुनसान देखिए ।

कोरोना संक्रमण तिब्र गतिमा फैलिन थालेपछि सरकारले शैक्षिक सत्रको अन्तिम महिनामा हतारहतार वार्षिक परीक्षा लिइएको थियो भने माध्यमिक स्तरको एसईई परीक्षा अन्तिम समयमा स्थगित गरिएको थियो। लोकसेवा आयोग तथा विश्वविद्यालयहरुले लिने सम्पूर्ण परीक्षाहरु समेत स्थगित भएका छन् ।

गत बुधबार सरकारले उच्च सतर्कता अपनाउन भन्दै शिक्षण संस्था बन्द गरेपछि पछिल्ला दुई दिनमा काठमाडौं छोड्नेको संख्या ह्वातै बढेको छ।  ट्राफिक प्रहरी महाशाखाकाअनुसार शनिबार १२ बजेसम्म मात्रै १ लाख ८ हजार ७ सय ८५ जनाले काठमाडौ छोडेका छन् ।

यसअघि बिहिबार १ लाख ८ हजार ४ सय ५८ जनाले काठमाडौं छाडेका थिए भने शुक्रबार १ लाख ३० हजार  ८ सय २२ जना मानिसले काठमाडौंबाट बाहिरिएका थिए । यसैगरी  महाशाखाको तयांकअनुसार समान्य समयमा दैनिक ७० देखि ८० हजारको हाहाराहारीमा यात्रुहरु उपत्यका आवतवात गर्ने गरेका थिए ।

 

प्रकाशित मिति: : 2020-03-22 05:56:30

प्रतिकृया दिनुहोस्